एउटै योजनामा तेहेरो खर्च, विद्यालय तारवारमा मनपरी

कविराज विसी
दैलेख जेष्ठ १९ ।
जिल्लाको बिकट मानिने लक्ष्मी उच्च मावि सात्तलामा एउटै योजनामा तेहेरो खर्च गरिएको फेला परेको छ । सात्तला गाविसमा रहेको उच्च मावि विद्यालयको घेरवारका लागि भनेर भारतीय कम्पनी जिएमआर बाट ४ लाख बरावरको सामाग्री , गाविसको आव ७१÷०७२ को पुजिगत बजेट बाट ४ लाख,  जिल्ला शिक्षा कार्यालयबाट २ लाख पचास हजार गरि १० लाख ५० हजार रकम विद्यालयको घेरवारमा खर्च गरिएको हो । जिएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत उत्पादनको प्रभावीत क्षेत्र भन्दै गाविस, स्वास्थ्य र शिक्षामा योजना बिनै रकम खर्च गरिहेको छ ।
योजनाको प्राविधिक स्टिमेट छैन्, विद्यालयको हाता भित्र घेरवारका लागि २ लाख रकम पनि खर्च भएको देखिदैन्, सामान्य तार मात्रै हालिएको छ । योजना देखाउँदै शिक्षकलाई तलव लगायतका खर्च भन्दै आर्थिक अनियमितता गर्न थालेको आशंका भएपछि प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको टोलिले तत्काल जिल्ला शिक्षा कार्यालयलाई छानवीन गर्न ताकेता गरेको छ ।
जिल्ला शिक्षा अधिकारी बिष्णु गोतामेले आफुले शिक्षाले दिएको २ लाख ५० हजार रकमबाट मात्रै तारवार भएको होला भन्ने सोचेर थप कुरा नगरेको बताए । नीति अनुसार योजनामा तेहेरो खर्च गर्न मिल्दैन्, जिल्ला प्रशासनबाट पनि जानकारी आएको छ तत्काल छानवीनका लागि काम सुरु गरिने गोतामेले बताए । प्रअ कुष्माखर आचार्यले विद्यालयमा ऋण लागेको र अन्य शिक्षकहरुलाई तलव खुवाउनका लागि समस्या भएकोले तारवारमा खर्च देखाईएको बताएका छन्
यतीमात्र हैन् शिक्षक विरबहादुर थापा बैशाष महिना देखिनै अनुपस्थित रहेका छन् ।  केहि समय आफ्नै छोरीलाई सट्टामा विद्यालय पठाएका बिरबहादुर थापालाई प्रजिअ घिमिरेले कारण सहित जानकारी दिन निर्देशन दिएका छन् ।
बिद्यालयमा सट्टा शिक्षक राख्न नपाईने र शिक्षक थापा अनुपस्थित रहेको पुरै दिनको तलब बापतको रकम निकासा नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
जिल्लाका अधिकाँस बिद्यालयहरुमा लेखाका कागजातहरु अध्यवधिक नगरेको र लेखा ब्यवस्थापन एकदमै अब्यवस्थित     रहेको र लेखाका गतिविधी लेखा नियमावली अनुसार चुस्तदुरुस्त राख्न समेत अनुगमन टोलिले जिल्ला शिक्षा मार्फत निर्देशन  गरेको छ  ।
अुख्य जिम्मेवारी पाएको जिल्ला शिक्षा कार्यालयलले नै चासो नदिदा र नियमित अनुगमन नगर्दा जिल्लाका अधिकाँस विधालयहरुमा धेरै समस्याहरु बढ्दै गएका छन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार